आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले एमसीसी टेबुल गरे : धर्मेन्द्र बास्तोला

काठमाडौं— क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरू नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको बृहत अन्तरक्रिया कार्यक्रममा प्रवक्ता बास्तोलाले एमसीसीमा हस्ताक्षर गर्नु पर्यो भने आत्महत्या गर्छु भन्ने स्वयमले हस्ताक्षर गरेको आरोप लगाए ।
‘अग्नि सापकोटा हुनुहुन्थ्यो सभामुख, र उहाँले के भन्नु भएको थियो भने यो एमसीसीमा हस्ताक्षर गर्नु पर्यो भने अर्थात टेबुल गर्नु पर्यो भने म आत्महत्या गर्छु बरु टेबुल गर्दिनँ भन्नु भएको थियो,’ उनले थपे, ‘तर, त्यही अग्नि सापकोटा हो, उहाँले नै त्यो काम गर्नु भयो ।’
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १६:२३