रास्वापाबाट उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा खान निर्विरोध

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध भएका छन् ।
समितिको सोमबारको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताए । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध भएको जानकारी दिएका थिए ।
रास्वपका उम्मेदवारले उमेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेकामा उम्मेदवार खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले जनताको पक्षमा काम गर्ने हुटहुटी छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १६:०८