News Griha :: न्यूजगृह
‘वामपन्थी राजनीति क्षयीकरण हुँदा अमेरिकाको हस्तक्षेप बढ्यो’

काठमाडौं— पूर्व महान्यायाधीवक्ता युवराज संग्रौलाले नेपालमा रहेका वामपन्थी राजनीतिक क्षयीकरणका कारणले अमेरिकाको आँट बढेको बताएका छन् ।

सोमबार एमसीसी कार्यान्वयनविरुद्धको अन्तरक्रिया कार्यक्रममा संग्रौलाले अमेरिकाले एक अक्षर पनि परिवर्तन नभई नेपालको संसदले पास गर्नु पर्छ भन्ने जुन सोच बनायो, त्यो सोच किन बनाउन सक्यो ? भन्दै प्रश्न गरे । 

‘एमसीसीको बारेमा छलफल गर्दा अमेरिकाको बारेभन्दा बढी अमेरिकाले उसको सम्झौतामा एक अक्षर पनि परिवर्तन नभई नेपालको संसदले पास गर्नुपर्छ भन्ने जुन सोच बनायो त्यो सोच किन बनाउन सक्यो ?,’ उनले भने, ‘त्यो सोच उसको ताकतले बनेन्, त्यो सोच हाम्रा कम्युनिष्ट र हाम्रा कांग्रेस पार्टीका राजनीतिक विचारधाराको क्षयका कारणले भएको हो ।’

उनले वामपन्थी राजनीतिले देशको स्वाधीनता बचाउन नसक्ने अवस्था आएको प्रष्ट पारे । समाजवादी मोर्चाले फेरि एमसीसीको सम्झौताबारे छलफल र अध्ययन गर्न पूर्व महान्यायाधीवक्ता संग्रौलाले आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:३५
Weather Update