
काठमाडौं— पूर्व सुरक्षाकर्मी परिषद् नेपालका प्रवक्ता हेम शंकर गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहितको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
सोमबार एमसीसी कार्यान्वयनविरुद्धको बृहत् अन्तरक्रिया कार्यक्रममा प्रवक्ता गिरीले संयुक्त सरकारकै सहभागितामा मुलुकलाई धोका दिने काम भएको बताए ।
‘राष्ट्रघाती एमसीसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घाँटीमा तरबार झुण्डाएर पास गरेको हो कि के हो मलाई थाहा छैन, उहाँ आफै संयुक्त सरकार सहभागी हुनुहुन्थ्यो, २०७४ मा त्यतिबेला नै यो एमसीसी सम्झौता भएको थियो,’ उनले भने ।
प्रवक्ता गिरीले एमसीसी पास गरेर नेपाली जनता र मातृभूमिप्रति धोका भएको जिकीर गरे । उनले नेपाल जस्तो मुलुकमा द्वन्द्व फैलाएर तहसनहस गरेर विदेशी सेनाको कब्जामा देशलाई पुर्याउने कार्य भएको दाबीसमेत गरे ।













