News Griha :: न्यूजगृह

काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्न सक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता नेपालले मानव जातिको लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताए । 

उनले अरू कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताए । उनले भने, 'मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरूको ज्यान बच्न सक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।'

अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरूलाई रक्तदानका लागि अपिलसमेत गरेका थिए । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:०४
Weather Update