News Griha :: न्यूजगृह
कुर्ची हल्लिने भएपछि गौर हत्याकाण्डको विषयन्तर हुँदैछ : अध्यक्ष साह

काठमाडौं— आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डबारे छानबिन नभए आफूहरू अन्तर्राष्ट्रिय अदालत हेगमा जाने बताएका छन् । 

‘न्यायका लागि सरकार बनेको हो कि कुर्ची बचाउन हो ? गौर हत्याकाण्डमा पीडितहरू चुप लाग्दैन, हाम्रो पार्टी चुप बस्दैन,’ उनले भने, ‘हामी अन्तर्राष्ट्रिय अदालत हेग जान्छौँ ।’

यस्तै, अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्षसम्म पीडितहरूले न्याय नपाएको भन्दै कानुनी राज्यको व्यवस्था गर्न सरकारसँग माग राखे । 

‘कानुनका शासन भएपछि सबैलाई कानुन लाग्छ नि, गौर हत्याकाण्डबारे तपाईलाई थाहा छ, १७ वर्ष भइसक्यो, कुर्ची हल्लिने भएपछि विषयन्तर हुँदैछ,’ उनले थपे ।

यस क्रममा उनले अहिलेका शासक वर्ग पुराना शासक जस्तो भएका बताउँदै नेपाली जनताले ठूलो त्याग गरेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:२८
Weather Update