राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु

काठमाडौं— राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री, मुख्यमन्त्री, मुख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति छ ।
बैठकमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले योजना आयोगको आगामी योजनाबारे आफ्नो धारणा राखेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १२:३३













