News Griha :: न्यूजगृह
शिक्षक बढुवाका लागि आवेदन माग

काठमाडौं— शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्यांकन आधारमा बढुवाद्वारा पूर्तिगर्नका लागि आवेदन माग गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २७ बमोजिम बढुवाको निमित्त सम्भाव्य उम्मेदवारहरूले आयोगबाट निर्धारित दरखास्त फाराम भर्नुपर्ने शिक्षक सेवा आयोगको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:३७
Weather Update