News Griha :: न्यूजगृह
सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेका छैन : सिंह

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् । आइतबार पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएसँगै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले विदेशमा रहेको र आएपछि मात्रै यसबारेमा छलफल हुने बताए । उनले अहिले भने सत्ता गठबन्धनसँग कुनै पनि सौदाबाजी नभएको दाबी गरे ।

उनले भने,‘राष्ट्रिय पार्टीलाई समेटेर समितिमा राखेको भए राम्रो म्यासेज जान्थ्यो । कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने र यता समिति सभापति बन्ने भन्ने कुरा सरासर गलत हो । हामीले वचन दिएका छैनाैं ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समिति सभापतिमा नसमेटेकोप्रति असन्तुष्टि जनाए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २१:५९
Weather Update