News Griha :: न्यूजगृह
भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय छन् : गृहमन्त्री श्रेष्ठ

वीरगन्ज— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र पर्साद्वारा आइतबार आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पुर्‍याई छाड्ने दृढता व्यक्त गरे ।

‘सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूला ठूला फाइलहरू खोलेर अनुसन्धान सुरु गर्दा भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय बनेर लागेका छन्’,गृहमन्त्री श्रेष्ठले भने,‘तर सरकार कसैको धम्की, घुर्की र अवरोध गर्दैमा रोकिनेवाला छैन्, जसरी पनि अगाडि बढ्छ ।’

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २१:४१
Weather Update