गलत सूचना फैलाउनेलाई कारबाहीको माग गर्दै समीक्षाले दिइन् साइबर अपराधको जाहेरी

काठमाडौं— गायिका समीक्षा अधिकारीले गलत सूचना फैलाउनेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छिन् ।
उनले आइतबार आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरूको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।
‘विभिन्न अतिरञ्जित कुराहरू लेखी हुँदै नभएका कुराहरू, विनाप्रमाण, विभिन्न समाचारहरू प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरू खोजतलास गरी कानुनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेस गरेको छु’, उनले दिएको निवेदनमा भनिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० २०:१०













