News Griha :: न्यूजगृह
संघीय शिक्षा ऐनको पक्षमा कसैले पनि वकालत गरेको देखिएन : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षासम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्ने बताएकी छिन् ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा शिक्षा राज्यमन्त्री कुमारीले सो कुरा बताएकी हुन् ।

उनले राज्यको सार्वभौमसत्ता, राजकीय शक्ती र शासन अधिकारमा प्रदेश र स्थानिय तहले पनि समानुपातिक साझेदारि पाउनुपर्ने बताइन् ।

उनले अझै पनि शिक्षामा प्रदेशले समान अधिकार पाउन नसकेको बताइन् । उनले राष्ट्रको सार्वभौमसत्ता, भौगोलीक अखण्डता जोगाउन शिक्षाको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

राज्यमन्त्री कुमारीले शिक्षाले सुशासन कायम र समतामुलक समाज निर्माण गर्न भूमिका खेल्ने बताइन् । शिक्षा मन्त्रालयको बजेट समानुपातिक वितरण गर्न आवश्यक रहेको बताइन् ।

उनले शिक्षा ऐन २०८० को पक्षमा कसैले पनि वकालत नगरेको बताइन् । उनी भन्छिन्,‘यो शिक्षा ऐन संघीयता विरोधी हो भनिरहेका छन् । संविधानले दिएको शिक्षासम्बन्धी अधिकारलाई हामीले कहिले कार्यान्वयन गर्ने ?’

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १९:३३
Weather Update