पश्चिम बंगालकाे पटाका कारखानामा विष्फोट, ५ काे मृत्यु
कलकत्ता/पश्चिम बंगाल— भारतको पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।
उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट ५ जनाको शव निकालिएको बताएका छन् ।
‘अहिलेसम्म ५ जनाको शव निकालिएको छ,’अग्नि नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताए ।
दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु भएको र घाइते भएको आशंका गरिएको छ ।
यो समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको छ । घाइतेहरूलाई बारासातको एक अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १९:१५













