News Griha :: न्यूजगृह
कास्कीमा जीप दुर्घटना, ९ घाइते

पोखरा— कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना भएको छ । आइतबार जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कास्कीका अनुसार घाइते पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवारग ३ च ५८३८ नम्बरको उक्त बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १९:०७
Weather Update