News Griha :: न्यूजगृह
कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

काठमाडौं— नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले सो कार्यविधि पारित गरेको हो ।

यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

समितिको बैठक सोमबार यही भदौ ११ गते बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:३३
Weather Update