अनेरास्ववियूको अध्यक्ष भइन् आरती

काठमाडौं— माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छन् ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू विद्यार्थी राजनीतिबाट बिदा भएको बताएका छन् ।
उनका अनुसार अनेरास्ववियूको नवगठित कमिटीमा अध्यक्ष लामा र महासचिव महेश श्रेष्ठ छन् । आरती यसअघि अनेरास्ववियूकी महासचिव थिइन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १८:२३