News Griha :: न्यूजगृह
सन्दीप एसिया कप खेल्न पाकिस्तान जाने

काठमाडौं— नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।

उनीविरुद्ध लागेको बलात्कार आरोपको मुद्दाको पेशी सरेपछि पाकिस्तान जाने भएका हुन् ।

जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीविरुद्धको मुद्दा आइतबार हेर्न भ्याइएन । उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरे भन्छन्,‘उहाँ (सन्दीप) भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ ।’

नेपालका अन्य खेलाडी भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:१७
Weather Update