आन्तरिक विषयमा कसैलाई ताली बजाउने अवसर दिनुहुन्न : अध्यक्ष ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा भएको समस्यालाई हेरेर बस्नेहरूलाई ताली बजाउने मौका दिन नहुने बताएका छन् ।
आइतबार विराटनगरमा कोशी प्रदेश संगठन कमिटीको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग लड्न आउनेको सिङ्ग निकाल्ने तर आपसमा लडेर बस्न नहुने बताएका हुन् ।
‘हामीले आफ्नो सिङ्ग निकाल्नु पर्छ, हाम्रो सिङ्ग भाँचिने, हामी लड्ने, दाजुभाइ लड्ने अनि दर्शक भएर बस्नेहरू चाहिँ ताली बजाउने त्यो स्थिति आउन दिनु हुँदैन, हामीले मिलेर विकास गर्नु पर्छ,’ उनले भने ।
गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति दलित, थारु, लिम्बवान, किरात, शेर्पा सबैले न्याय पाउनु पर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १७:१२













