
काठमाडौं— नेपाली कांग्रेसकी सांसद आरजु राण देउवाले कृषि, शहकारी तथा प्राकृतिक स्रोत समितिमा सकारात्मक परिणाम दिन सक्ने आशा लिएको बताएकी छन् ।
आइतबार समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि वन जंगलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्य रहेको बताइन् ।
‘नेपालले रिग्रिनिङ्मा अन्तर्राष्ट्रिय रेकर्ड बनाएको छ, तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सबै चुनौतीलाई समाधान गर्न काम गर्न सक्छु भनेर म आएको र यसमा राम्रो परिणाम दिन सकिन्छ भन्ने आशा गरेको छु,’ उनले भनिन् ।
यस्तै, उनले आफू कृषकको छोरी भएको बताउँदै थपिन्, ‘म कृषकको छोरी भएको हुनाले त्यो क्षेत्रमा के सुधार आवश्यक छ ? भन्ने हुनाले यो क्षेत्रमा काम गर्नु पर्छ भनेर आएको हो ।’
यस्तै, उक्त समिति जनताको दैनिक कार्यसँग सम्बन्धित समिति भएको हुनाले पनि यसमार्फत जनताको पक्षमा कामहरू गर्न सक्ने उनको विश्वास थियो ।