News Griha :: न्यूजगृह
माओवादीद्वारा आईसीटी फोरमको गठन, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं— नेकपा माओवादी केन्द्रले आईसीटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आईसीटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा संगठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको  बताए ।

‘यो सूचना प्रविधिको युग हो, यसको महत्व हामी सबैले बुझ्न जरुरी छ,’ उनले भने, ‘राजनीतिक दल सफल बनाउनका लागि पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ ।’

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आईसीटी फोरम गठनको निर्णय भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले फोरम ‘ग्रास रुट’सम्म विस्तार गर्न निर्देशन दिए । उनले समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्ने गरी काम गर्न पनि निर्देशन दिएका थिए ।

‘फोरमले पार्टीका नीति, विचार र कामलाई प्रचारप्रसार गरी जनतामाझ पुर्याउन सहयोग गर्नेछ,’ उनले भने, ‘फोरम गठनले हल्लाकै भरमा संगठन बनाउने परम्परा तोड्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।’

उनले पार्टीको तीन महिने अभियान सफल बनाउन सूचना प्रविधिको प्रयोगमा जोड नवगठित फोरमलाई निर्देशन दिए । सूचना प्रविधिलाई पार्टीले जुन किसिमको महत्व दिएको छ सोहीअनुरुप काम गर्न उनले आग्रह थियो ।

कार्यक्रम संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्य आईसीटी फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने समेत जानकारी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:२३
Weather Update