News Griha :: न्यूजगृह
आरजु राणाले दिइन् कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी
फाइत तस्बिर

काठमाडौं— नेपाली कांग्रेसका तर्फबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवा उम्मेदवारी दर्ता गराएकी छन् ।

यस्तै, कांग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकै सन्तोष चालिसेले अर्थ समिति र जीवन परियारले संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समितिको सभापति पदमा सोमबार हुने निर्वाचनका लागि आइतबार अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गराउने कार्य तालिका छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:०६
Weather Update