पूर्वाधार विकास समितितर्फ माओवादीको समर्थनमा राप्रपाका सिंह उम्मेदवार

काठमाडौं— प्रतिनिभि सभाअर्न्तगत गठित पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपककुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिभि सभाअर्न्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आइतबार भइरहेको उम्मेद्वारी दर्ता प्रकृयामा राप्रपाबाट पूर्वाधार समितिमा सिंहले उम्मेदवारी दिएका हुन् ।
सिंहको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन रहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १४:३६