News Griha :: न्यूजगृह
संसदीय समितिको सभापति चयनका लागि एमालेका दुई जनाले गराए मनोनयन दर्ता 

काठमाडौं— प्रतिनिभि सभाअर्न्तगत गठित लेखा र महिला तथा समाजिक मामिला समितिको सभापतिका लागि ऋषिकेष पोखरेल र किरण कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिभि सभाअर्न्तगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आइतबार भइरहेको उम्मेदवारी दर्ता प्रकृयामा नेकपा एमालेको तर्फबाट लेखा समितिको सभापतिमा पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेलाई तीन ओटा समिति भागमा परेको छ । सोमबार हुने संसदीय समितिको सभापतिको चयनका लागि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका थिए ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आइतबार ४ः३० बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:०७
Weather Update