देशलाई रुवाण्डा बनाउने खेल भइरहेको छ : सांसद न्यौपाने

काठमाडौं— राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सत्तारुढ गठबन्धनले देशलाई रुवाण्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद न्यौपानेले देशलाई रुवाण्डा बनाउने खेल भइरहेको र त्यसमा गठबन्धन नै संलग्न रहेको भन्दै आक्रोश पोखेकी हुन् ।
‘बहुजात, बहुधर्मिक, बहुसंस्कति नेपालीको जे पहिचान छ, त्यो हाम्रो गर्व हो, अभिसाप होइन् जातीय सद्भावमा खलल पुग्ने गरी जे गतिविधिहरू भइरहेका छन्, त्यो अत्यन्तै दु:खद छ,' उनले थपिन्, 'आज कोशीमा पहिचानका नाममा जातीय सद्भावमा खलल पुग्ने खालका गतिविधि भइहरेको छ, त्यसलाई उक्साउने काम गठबन्धनबाट भइहेको छ ।’
उनले मिलेर बसेका नेपालीहरूलाई जातका नाममा लडाई गराएर देशलाई रुवाण्डा बनाउन नचाहएको बताइन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १३:५९