News Griha :: न्यूजगृह
सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी छन् ।

सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताइन् ।

उनले प्रसारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यममा नयाँ वातावरण सिर्जना हुने बताइन् । प्रसारण ऐन संदनमा प्रस्तुत भइसकेकोसमेत मन्त्री शर्माले बताइन्  । उनले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेकोसमेत बताइन् । 

‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पुर्‍याउन खेज्दैछौँ । हामीले भनेका छौं, सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौँ । भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यता अन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ’, उनले भनिन, ‘हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानूनहरु जुन हाम्रो अभाव छ, ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौँ । यी सबैमा हामी कानूनी रुपमा अघि बढ्न खोज्दैछौं । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ ।’  

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ११:४०
Weather Update