सत्तारुढ गठबन्धनमा आबद्ध उन्मुक्तिले तीनै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौं— नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।
सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।
सो पार्टीका नेता लक्ष्मण थारुले बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ–१ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको जानकारी दिए ।
उनकाे भनाइमा सोमबार सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिनेछ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ ०८:२६













