News Griha :: न्यूजगृह
रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताए ।

उनले भने,‘साेमबार (११ गते) हुने संसदीय समितिका सभापतिको निर्वाचनमा हामीले उम्मेदवारी दिन्छाैं । पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ उम्मेदवारी दिने हाे । अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्नेछौं ।’

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १९:४९
Weather Update