समसामयिक
बाढीपहिरोले देशका विभिन्न स्थानमा जनजीवन कष्टकर, घर जोखिममा [८ तस्बिर]
![बाढीपहिरोले देशका विभिन्न स्थानमा जनजीवन कष्टकर, घर जोखिममा [८ तस्बिर]](https://newsgriha.com/uploads/posts/pahiro-ghar-sindhupalchok1692971421.jpg)
काठमाडौं— नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
निरन्तरको वर्षाका कारण नदीमा बाढी आएको छ । पहाडी जिल्लामा पहिरोले जनधनको क्षति गरेको छ । घरहरू जोखिममा छन् । साथै जनजीवन कष्टकर पनि बनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
देशका विभिन्न स्थानमा बाढीपहिरोले पुर्याएको क्षति तस्बिरमा हेर्न सकिन्छ ।







प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १९:३४













