News Griha :: न्यूजगृह
उपनिर्वाचन : बारा–२ मा एमालेको उम्मेदवार पौडेल

काठमाडौं— नेकपा (एमाले) ले बारा–२ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज मनोनयन दर्ता हुँदैछ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा–२ मा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त स्थानमा पूर्ति गर्न आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०८:१६
Weather Update