
काठमाडौं— जनमत पार्टीका अध्यक्ष सिके राउतले शिक्षा ऐनका प्रावधानबिना छलफल नै संसदमा लगिएको गुनासो गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित वर्तमान ‘शिक्षा नीति र अबको गन्तव्य’ विषयक अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष राउतले ऐन बनाउने बेला मन्त्रीलाई पनि थाहा नदिइ र संसदमा बृहत् छलफल समेत नगरी पारित गर्ने गरेको बताए ।
उनले भने,‘शिक्षा ऐनमा आएका जुन प्रावधान छन् । म बाट पनि केही आशा होला तर सांसदको काम नियम बनाउने र ऐन पारित गर्ने होला भनिन्छ । तर ऐन लेख्ने एउटा कर्मचारी हुन्छ जुन मन्त्रीलाई पनि थाहा हुँदैन संसदमा आइसक्या हुन्छ । त्यसरी पारित भएको हो । छलफल गरेर पारित गर्ने कार्य नै हुँदैन ।’
उनले निजामती ऐनमा पनि कमजोरी पत्ता लगाउला भन्ने डरले पढ्न नदिएको भन्दै भने,‘निजामती ऐन पनि आउँदैछ । सचिवले पढ्न दिदैन, कमजोरी पत्ता लगाउला भनेर होला । सचिवले आफूलाई कसरी राम्रो हुन्छ त्यसरी बनाएको हुन्छ।’













