News Griha :: न्यूजगृह
कार्यक्रम कार्यान्वयन पुस्तिका : बढेन शिक्षक कर्मचारीको सेवासुविधा

काठमाडौं— देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आफ्नो सेवासुविधा बढाउनुपर्ने माग गरे पनि सरकारले बढाएन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/८१ अनुसार शिक्षकको सेवासुविधा गत वर्षको जसरी नै तोकिएको हाे ।

कार्यक्रम कार्यान्वयन पुस्तिका अनुसार सबै तहका शिक्षकले १२ महिनाकै तलब अर्थ मन्त्रालयले स्वीकृत गरेको स्केल अनुसार पाउनेछन् । सबै तहका शिक्षकलाई एक महिना बराबरको चाडपर्व खर्च र तोकिएअनुसार महंगीभत्ता दिइने बताइएकाे छ ।

प्रधानाध्यापक भत्तामा प्राथमिक तहमा मासिक २ सय, निम्न माध्यमिक तहमा ३ सय र माध्यमिक तहमा ५ सय तोकिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयन पुस्तिका आव २०७९/०८० अनुसार नै शिक्षकको सेवासुविधा तोकिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:५७
Weather Update