News Griha :: न्यूजगृह
उपनिर्वाचन : कांग्रेसका महामन्त्रीद्वय चितवन र तनहुँ जाँदै

काठमाडौं— सोमबार हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय निर्वाचन क्षेत्रमा पुग्ने भएका छन् ।

महामन्त्री गगन थापा तनहुँ–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।

कांग्रेसले तनहुँ–१ मा गोविन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०७:४५
Weather Update