News Griha :: न्यूजगृह
ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध
फाइल तस्बिर

ओखलढुंगा— ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

बिहीबारदेखिको वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा बिहीबार बिहान सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको जानकारी दिए । 

सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुंगाको मिलनचोक रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् ।

निरन्तरको वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिरोको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:२६
Weather Update