रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।
सचेतक निशा डाँगीले बैठक शुक्रबार साँझ ५ बजे पार्टी दलको कार्यालय सिंहदरबारमा बस्ने जानकारी दिइन् ।
बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने उनको भनाइ छ ।
भदौ ११ गते संसदीय समिति सभापतिहरूको निर्वाचन हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ०८:४८