ट्रम्पले गरे जर्जियामा आत्मसमर्पण

काठमाडौं— अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।
सन् २०२० को राष्ट्रपतिको निर्वाचनलाई उल्टाउने षड्यन्त्र गरेको आरोपमा आत्मसमर्पण गरेका हुन् ।
बीबीसीका अनुसार आत्मसमर्पण गर्दा ट्रम्पको फिंगरप्रिन्ट (औंठा छाप) र मगसट (अनुहारको फोटो) लिइएको छ । सो गरिने ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् ।
मुद्दाको सुनुवाइका लागि कुरिरहेका ट्रम्पलाई एटलान्टा जेलबाट जमानतका लागि दुई लाख अमेरिकी डलर धरौटी तय गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ०८:३९













