News Griha :: न्यूजगृह
मेलम्ची नदीमा बाढी, विद्यालयमा असर
फाइल तस्बिर

सिन्धुपाल्चोक— मेलम्ची नदीमा बाढी आएको छ । केही दिनदेखिको भारी वर्षाका कारण ‍हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा बाढी आएको हो ।

बाढीले सरस्वती माध्यमिक विद्यालयको निर्माणाधीन भवनको पिलर बगाएको वडा अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

उनका अनुसार मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालयमा असर पुगेको हो ।

उनकाे भनाइमा बाढीबाट ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:२५
Weather Update