News Griha :: न्यूजगृह
बाग्मती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले जलसतह सतर्कता तह पार  गरेको जनाएको छ ।

महाशाखाले शुक्रबार विहान अपडेट जारी गर्दै पधेरादोभान बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको हो ।

महाशाखाले भारी वर्षाका कारण नदीको बहाब बढ्दो क्रममा जनाएको छ । 

नदी तटिय क्षेत्र रौतहट, सर्लाहीको डुबान भइरहने क्षेत्रमा रहने मानिसहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनानुपर्ने महाशाखाको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०६:४३
Weather Update