कैलालीमा भारी वर्षा जारी, सतर्कता अपनाउन आग्रह

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा भएको शुक्रबार विहान जानकारी दिएको छ ।
कैलालीको टिकापुर,चिसापानीलगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
भारी वर्षाका कारण ससाना नदीमा बहाब बढ्न सक्ने हुँदा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ०६:०९













