विद्यालय कर्मचारी : स्याङ्जामा नयाँ कार्यसमिति

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् स्याङ्जाको प्रथम जिल्ला अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ ।
अधिवेशनबाट चिरञ्जीवी न्यौपानेको अध्यक्षता, उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, महिला उपाध्यक्ष कमला सुवेदी, सचिव ध्रुव पंगेनी, कोषाध्यक्ष भगवती थापा, सहसचिव चिरञ्जीवी सुवेदी, सदस्य रेखा थापा, यसोदा गुरुङ, खेमनरायण देवकोटा, नवीन तिमिल्सिना चुनिएका छन् ।
केही समयदेखि विद्यालयमा कार्यरत कर्मचारीहरू संगठित बनेका छन् । विद्यालय कर्मचारीहरूले आफ्ना हकअधिकारका लागि सरकारसँग संघर्ष गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९ ०६:४४













