News Griha :: न्यूजगृह
गौरालाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्ने बताएका छन् ।

गौरा पर्व २०८० का सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस पर्वलाई राष्ट्रिय मान्यता दिने विषयमा मन्त्रिपरिषद्को बैठकमासमेत छलफल भएको जानकारी दिए ।

उनले गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिने विषयमासमेत आफू सकारात्मक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्रीको भनाइ थियो ।

उनले गौरा पर्वको अवसरमा राष्ट्रिय बिदा दिनका लागि तिथि तय गरी आउन सुदूरपश्चिम प्रदेशका नागरिकलाई आग्रहसमेत गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:२३
Weather Update