News Griha :: न्यूजगृह
लम्की स्किनबाट ५२ हजार बढी पशुको मृत्यु

काठमाडौं— कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले लम्की स्किन राेगका कारण अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै उनले संघ, प्रदेश र पालिकाहरुबीच समन्वय गरी संकलन गरिएको तथ्यांक हेर्दा अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भइसकेको जानकारी दिएका हुन् ।

उनले भने,‘यस रोगको जानकारी लिन संघ, प्रदेश र पालिकाहरुबीच समन्वय गरी तथ्यांक संललन गरिएको छ । तथ्यांकअनुसार विगत ५ महिनामा यस रोगबाट १४ लाख ४६ हजार ४ सय ५९ पशु बिरामी भएका छन् । १२ लाख ८८ ७८ सय ५९ निको भए । ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको छ । यसको रोकथामको लागि सरकारले सक्दो प्रयास गरिरहेको छ ।’

उनले यस रोगको भ्याक्सिन जोर्डन, तान्जानिया र टर्कीबाट आयात गरिएको बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:३३
Weather Update