News Griha :: न्यूजगृह
बारा–२ मा उम्मेदवारको टुंगो लगाउँदै एमाले

काठमाडौं— नेकपा (एमाले) ले बारा–२ का लागि सोमबार उम्मेदवारको टुंगो लगाउँदै छ । एमालेले उम्मेदवार टुंग्याउने र मनोनयन गराउने छ । निर्वाचनमा अन्यलाई समर्थन नगर्ने र पार्टीकै उम्मेदवार हुने एमालेले बताएको छ ।

उपनिर्वाचन हुने तीनै क्षेत्रमा सोमबार उम्मेदवारको मनोनय हुँदैछ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवारी मनोनयका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०६:३१
Weather Update