News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले गर्‍यो माघमा महाधिवेशन गर्ने निर्णय

काठमाडौं— पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माघ महिनामा पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।

ललितपुरको बालकुमारीमा बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४—१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

एक नेताले दिएको जानकारीअनुसार आगामी सचिवालय बैठकले महाधिवेशनबारे थप निर्णय गर्नेछ ।

नेकपा एमालेबाट गत वर्ष विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:४९
Weather Update