News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक : सर्वोच्च

काठमाडौं— सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानसम्मत नभएको ठहर गरेको हो ।

कोशी प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी संविधान विपरित दिएको मतका आधारमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको भन्दै सर्वोच्च अदालतमा एमालेका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश खतिवडाको इजलासले थापाको विश्वासको मत लिने प्रक्रिया संविधानसम्मत नभएको ठहर गरेको हाे ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:४५
Weather Update