बढ्यो सवारी भाडा [सूचीसहित]
![बढ्यो सवारी भाडा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/yatayata-vicle1685031141.jpg)
काठमाडौं— बाग्मती प्रदेशभित्र चल्ने सवारीसाधनकाे भाडा बढाइएको छ । इन्धनमा मूल्य वृद्धि भएसँगै बाग्मती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो ।
सोबार (भदौ ४ गते) बसेको बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीसाधनमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्याइएको छ ।
उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ ।
हेर्नुस् सूची
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १८:२४













