सुदूरपश्चिमका ईसीडी शिक्षकले बुझाए सांसद आरजु राणालाई ज्ञापनपत्र

काठमाडौं— नेपाल बालविकास शिक्षक संघर्ष समिति सुदूरपश्चिमले बिहीबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
सांसद राणा सुदूरपश्चिम रहेका बेला समिति अध्यक्ष लक्ष्मी भट्टसहितले बालविकास शिक्षकका विविध माग समेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले बालविकास शिक्षकका मागमुद्दा संघीय शिक्षा ऐनमा समावेश गर्न र संसदमा आवाज उठाउन राणालाई आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै राणाले शिक्षकका मागबारे आफू सचेत रहेको बताउँदै माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १७:५९













