प्रधानमन्त्रीले गरे सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।
बिहीबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनः निर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गरे ।
उनले इन्जिनियर, प्राविधिक र पुनः निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १७:५२













