News Griha :: न्यूजगृह
राष्ट्रपति र जापानका संसदीय टोलीबीच भेटवार्ता 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणका रहेको जापानको संसदको माथिल्लो सदनका सदस्यहरूबीच भेटवार्ता भएको छ ।

बिहीबार राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल–जापान संसदीय मैत्री समुहका सदस्यहरूसमेत रहेका माथिल्लो सदनका सांसदद्वय कोबायाशी काजुहिरो र नागानी मान्बुको उपस्थिति थियो ।

भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरेका थिए । उनले नेपालको प्रजातन्त्रको विकास र सदृढीकरणमा जापानको सहयोग निरन्तर रहेको भन्दै आभारसमेत व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:४४
Weather Update