संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने

काठमाडौं— प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी दिए ।
उनले यस पटकको प्रश्नोत्तरमा समूह दुईमा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए ।
उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १७:१३













