News Griha :: न्यूजगृह
सामाजिक सञ्जालको हिंसा सहन धेरै शक्ति चाहिन्छ : करिश्मा मानन्धर

काठमाडौं— अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवनको कामभन्दा सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।

बिहीबार ललितपुरमा आयोजना एक कार्यक्रममा सामाजिक सञ्जालबाट आफूले भोगेको अनुभव सुनाउँदै उनले आफूमाथि भएको प्रहारबारे बताएकी हुन् ।

उनले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आफूविरुद्ध हुने प्रहार सहजीकरण गर्ने दैनिक काममा भन्दा बढी इनर्जी खर्च गर्नु परिरहेको बताइन् । 

सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको उनको दाबी थियो । उनले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताएकी थिइन् ।

उनले जथाभावी लेख्ने र सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पत्रकारलाई पनि सरकारले नियमन गर्नु पर्ने बताउँदै पत्रकारले समाजलाई संस्कार सिकाउनु पर्ने बताइन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:३२
Weather Update